काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति नेकपा एमालेको नेतृत्व रणनीतिक तरिकाले लागेको खुलेको छ । अधिकारीलाई एमाले कार्यकर्ता देखाएर विवादमा ल्याउने अनि हटाउने अवस्था सृजना गर्न एमाले नै लागेको खुलेको हो ।
विश्वस्त स्रोतका अनुसार एमाले नेतृत्व अहिले गभर्नर अधिकारीसँग चिढिएको छ । उनले आफ्नो स्वार्थ अनुसार काम नगरेको भन्दै हटाउने उपायमा एमाले लागेको छ ।
एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नाम राखेर सदस्य बनाउनु र त्यसलाई सार्वजनिक गर्नुभित्र पनि योजना लुकेको बुझिएको छ । कुनैपनि सार्वजनिक पद धारण गरेको व्यक्ति पार्टीको कुनै पनि कमिटीमा रहन मिल्दैन । राखेपनि उक्त व्यक्तिको स्वीकृतीविना सम्भव छैन ।
गभर्नर भएको व्यक्तिले कानूनी व्यवस्था बुझ्दा बुझ्दै एमालेको अर्थ तथा योजना विभागमा बस्न स्वीकृती दिएको विश्वास गर्न कठिन छ । उनलाई विभागमा नाम राखेर बदनाम गर्ने र हटाउने खेल भएको बुझिएको छ । उनीविरुद्ध पछिल्लो समय एम्बुस नै थापिएको विश्वस्त स्रोतले बताएको छ ।
गभर्नर अधिकारीलाई सरकारले हटाएपनि अदालतमा मुद्दा जितेर पुनः काममा फर्किएका हुन् । एमालेको पालामा नियुक्त भएपनि अधिकारी पछिल्लो समय उक्त दल र तिनका नेताबाट टाढिएका छन् । यसले एमाले नेताहरु उनीसँग चिढिएका छन् ।