Logo

प्रहरीलाई अहिले हतियार आवश्यक छ कि छैन् ? बालकृष्ण न्यौपाने र विज्ञानराज शर्मा यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, ३० असार । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल पहिले शान्ति क्षेत्र रहेको स्मरण गराउँदै ०४६ पछि नेपाललाई अशान्ति बनाईएको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले अपराधिक ब्याकग्राउण्डमा भएका मान्छे, जसले मान्छे मारे, ती अहिले सरकारमा छन् । कुनैपनि भूमिगत संगठनहरु यो व्यवस्थाको विरुद्धमा क्रियाशिल छैनन् । विप्लवपनि अहिले आएर शान्तिपूर्ण राजनीति गर्न आँटे । र, अहिले हतियार किन चाहियो भने यो पैसाको खेल, चुनावको बेलामा चाहिन्छ हतियार । कमिशन खानुपर्यो । प्रहरीले त भन्छ नि, हिजो सुडान घोटाला हुनुभन्दा पहिले पनि सामान चाहियो भनेको थियो । र, यही हतियारको प्रसंगमा सुडानको काण्डमा जति प्रहरीले सही छाप गरे, पैसा चाहीँले नेताले खाए, क कसल खाए हरेकलाई थाहा छ, जेल चाहीँ कर्मचारी परे । यो काण्डमा कसैले त्यस्तो सही छाप गरेर चुनाव खर्च दिन्छ भने भोलि जेल जाने पनि त्यही मान्छे हो । यदि गर्नुपर्छ भने ग्लोबल टेण्डरबाट गरौं न ।’

उनले चुनाव त लौरोको भरमा भएको पनि सुनाए । अहिले हतियार आवश्यक नरहेको उनको भनाई छ।

पूर्व एआईजी विज्ञानराज शर्माले प्रहरीले दैनिक रुपमा चूनौति खेप्नुपरेको सुनाए । उनले प्रहरीलाई राम्रो हतियार चाहिने पनि सुनाए । उनले प्रहरीलाई भुत्ते बनाउन नहुने बताए । उनले कहाँ सुरक्षा चूनौति छ भन्ने कुरा भन्नै नसकिने भनेर अमेरिकाको सेप्टेम्बर ११ को घट्ना स्मरण गराए । टिकापुर घट्नामा पनि प्रहरीसँग हतियार नहुँदा ठूलो घट्ना भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्