एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका छन् । बुधबार सूर्योदय नहुँदै मालदिभ्स उडेका उनी बिहिबार साउदी विमानबाट सिंगापुर पुगेका हुन् ।
गोटाबायाका भाई बसिल राजापाक्षे पनि श्रीलंकाबाट भागेका छन् । उनी पूर्वअथृमन्त्री हुन् । तर, ७६ वर्षीय पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि श्रीलंका नछाड्ने भएका छन् ।
श्रीलंकामा राजापाक्षे परिवारको शासनको जग बसाल्ने महिन्दा नै थिए । उनी सन् २००५ मा रनिल विक्रमासिंघेलाई पराजित गरी राष्ट्रपति बनेका थिए । सन् १९७० मा राजनीतिमा प्रवेश गरेका थिए महिन्दा । उनको कार्यकालमा बल प्रयोग गरी तालिम सशस्त्र गतिविधिको अन्त गरिएको थियो ।
शासन सञ्चालनमा राजापाक्षे परिवारभित्र द्वन्द्व चल्यो । गोटाबायाले दाजु महिन्दाको कुरा सुन्न छाडे । परिणामस्वरुप भाग्नुपर्ने अवस्था बन्यो ।