एजेन्सी, ३० असार । ब्रिक्स पश्चिमा देशइतरका शक्तिराष्ट्रहरुको बलियो संगठन हो । यसमा चीन, रुस भारत, ब्राजिल र दक्षिण अफ्रिका पर्दछन् ।
ब्रिक्स देशहरुले संगठन विस्तार गर्ने योजना बनाएका छन् । साउदी अरेबिया, टर्की र इजिप्टले सदस्यताको लागि आवेदन दिने बताइएको छ ।
यसबारे अर्को वर्ष हुने सम्मेलनमा छलफल हुने बताइएको छ । ब्रिक्स देशहरुले पश्चिमा देशहरुलाई समेटेका छैनन् ।