Logo

प्रचण्ड भारत उडे



काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारततर्फ प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड आज नयाँ दिल्ली उडेका हुन् । सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।

भर्खरै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बेलामा दाहालले दिल्ली यात्रा गर्नुलाई धेरै अर्थपूर्ण रुपमा हेरेका छन् । दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेताहरु जनार्दन शर्मा, मात्रिका यादव, हितमान शाक्य, झक्कुप्रसाद सुवेदीलगायत छोड्न पुगेका थिए । Photo : Mukunda Kalikote

https://www.facebook.com/100044412160019/videos/pcb.576886397135094/583428570061245



प्रतिक्रिया दिनुहोस्