Logo

भगवान झाको समन्वयमा जसपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश



काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समिति सदस्यद्वय बिमला भट्टराई र ममता मिश्र पाठक नेकपा (एमाले) मा प्रवेश गरेका छन् । यस्तै, जसपा मधेश प्रदेश बुद्धिजिवी उपाध्यक्ष अमरेन्द्र झा एवम जसपा संघीय परिषद सदस्य भोला मिश्रपनि एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाललगायत नेताहरुले पार्टीमा स्वागत गरेका थिए । ती नेताहरुलाई एमालेमा प्रवेश गराउनको लागि एमाले नेता भगवान झाले समन्वयकारी भूमिका खेलेका हुन् ।



प्रतिक्रिया दिनुहोस्