विपिन देवः आए.टु भन्नाले भारत र इजरायल बुझिन्छ भने यु.टु भन्नाले अमेरिका र यु.ए.ई बुझिन्छ । अर्थात् आए.टु यु.टु एउटा सामरिक गठवन्धन हो । यस सामरिक गठवन्धनमा अमेरिका, भारत, इजरायल र यु.ए.ई सदस्यहरूको रुपमा सक्रिय सहभागी देखाइरहेका छन् । जानकारहरू आए.टु र युटु लाई नयॉ क्वाडको पनि संज्ञा दिएका छन् । सामरिक रुपले आए.टु र यु.टु को भू-राजनीतिक महत्वको वारेमा संसारका महत्वपूर्ण छापाखानाहरूले यथोचित स्थान दिएका छन् । सन् २०२१ अक्टुवरमा यी चार देशका विदेशमन्त्रीहरूको वैठक इजरायलमा सम्पन्न भएको थियो ।
सन् २०२१ म नै यो चर्तुभूजीय समीकरणलाई सुदृढ एवम् संस्थागत बनाउन आवश्यक गृह कार्य सुरु भइसकेको थियो । हुनतः आई टु र यु.टु को आधारशिलाको रुपमा “अवराहाम एर्कोड”लाई मानिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पको अगुवाईमा सन् २०२० मा इजरायले यु.एई.ई, सुडान, वहराईन र मूराकोसंग सम्झौता गरेका थिए । उक्त सम्झौतालाई “एवराहम एर्कोड” भनिन्छ । अर्थात् पश्चिम एसियामा अमेरिकी प्रभावमा रहेका देशहरूसंग इजरायलको सम्वन्ध सुमधुर बनाउ‘न अमेरिकी नीति परिचालीत रहि आएको छ । यही प्रयोजनको आधारमा यु.ए.ई. र इजरायलको सम्वन्ध कटुतावाट मित्रतामा परिणत भएको देखिन्छ । इजरायल प्रविधिमा अब्वल भएकोले पश्चिम एसियामा दिन प्रति दिन इजरायलको भुमिमा महत्वपूर्ण हुन गइरहेको छ । यु.ए.ई.संग प्रयाप्त पु‘जी भएता पनि प्रविधि हस्तानतरण राष्ट्रिय आवश्यक्ता हुन गएको छ । यी परिवेश र परिस्थितिमा यु.ए.ई र इजारायलको सम्वन्धमा सौहाद्रता वढेको छ । अर्का तर्फ यु.टु र आई.टु को सक्रियताको धेरै आयमहरू छन् ।
रसिया र युक्रेनको युद्धवाट संसारले उर्जा र खाद्यान्न संकट झेल्नु परेको छ । भारतले विगतका दिनहरू अफ्रिका, पश्चिम एसिया लगायत विश्वका विभिन्न मुलुकहरूमा खाद्यान्न निर्यात गरिरहेको छ भने उर्जा संकटलाई सम्वोधन गर्न यु.एई.संग व्यापक सार्मथ्य रहेको छ । अर्को शब्दमा भन्ने हो भने अमेरिकाको वितरण प्रणाली, यु.ए.ई.को पू‘जी, इजरायलको प्रविधि र भारतको मानव साधनलाई एक ठाउ‘मा अन्तरधुलन गरेपछि विश्वको मौलिक समस्याहरू सम्वोधन हुन सक्ने जानकारहरूको बुझाई रहेको छ । तदनुरुप यु.टु र आई.टु.ले आप्mनो शिखर सम्मेलनवाट केहि मौलिक मुद्दाहरूलाई सम्वोधन गर्न प्रतिवद्धता जाहेर गरेको छ । सन् २०२२ जुलाई १द्ध मा विद्युतिय माध्यमवाट सम्पन्न भएको उक्त शिखर सम्मेलनमा यी चार राष्ट्रका राष्ट्र प्रमुखहरूले सम्वोधन गरेका थिए । यस सम्वोधनको रोचकता अमेरिकी राष्ट्रपति वाइडेनको इजरायल र यु.एई.को राजकीय भ्रमर्णको वेला भएकोले गर्दा पनि यसको अधिक समाचार संप्रेशन भएको छ ।
वर्तमान अवस्थामा खाद्य संकट मानव जातीको लागि सबभन्दा ठुलो चूनौती हो । यही अभिप्रायका साथ यु.ए.ई.ले दुई विलियन अमेरिकी डलर खाद्य उत्पादनको लागि भारतमा लगानी गर्न सम्झौता गरेका छन् । यु.एई.को लगानीलाई प्रभावकारी बनाउन इजरायलले आप्mनो प्रविधि र अमेरिकाले आप्mनो बजार र वितरण प्रणाली उपलब्ध गराउ‘न निर्णय गरेका छन् । उक्त योजना गुजरात र मध्य प्रदेशमा लागु हुनेछ । उक्त योजना अन्र्तगत सामान्य किसानहरूले समेत आप्mनो उत्पादन पश्चिम एसिया लगायत अमेरिकी बजारमा निर्यात गर्न सक्दछ । जानकारहरूको अनुसार आए.टु र यु.टु.ले गरेको सम्झौतावाट भारतमा कृषि क्रान्तिलाई नयॉ राप र ताप उपलब्ध हुन सक्ने अवस्था निर्माण हुन सक्दछ । रसिया र युक्रेन संसारको अन्न भण्डार भएकोले गर्दा संसारले खाद्यान्न संकट भोग्नु परेको छ । उक्त शिखर सम्मेलनको निर्णयले भारत उक्त ठाउ‘ लिन सक्ने जानकारहरूको बुझाई रहेको छ । साथ(साथै वातावरणको समस्यालाई मध्य नजर राख्दै ३०० गिगावाइटको रिनुयल उर्जा गुजरातमा स्थापना गर्ने समेत शिखर सम्मेलनले निर्णय गरेको छ । सौर्य उर्जा लगायत पार्यावरण मैत्री कार्यक्रम लागु गर्न शिखर सम्मेलन अठोट गरेको देखिन्छ । यु.ए.ई.अमेरिका र इजरायल भारतको सामरिक साझेदारी भएको मुलुकहरू हुन् । इजरायल र यु.एई.संग भारतले खुला व्यापार सम्झौता गर्न वार्ता गरिरहेको छ भने अमेरिकासंग वृहत सामरिक साझेदारी सम्झौता समेत भईसकेको छ ।
यु.टु र आई.टु.को उदयले गर्दा यसको अवसर कवार्डमा कस्तो पर्ने भने पनि जानकारहरूको टिप्पणी रहेको छ । अफगानीस्तानवाट अमेरिकाले आप्mनो सैन्य जथालाई फिर्ता वोलाई सकेपछि पश्चिम एसिया र मध्य एसियामा अमेरिकाको पहु‘च र भूमिका प्रति व्यापक टिका –टिप्पणी भइरहेको बेला आई.टु र यु. ंटु सक्रिय भईरहेको छ । अर्को शब्दमा भन्ने हो भने अमेरिकाले आप्mनो पहु‘च र पकडलाई बलियो बनाउ‘न यी संस्थाको माध्यमवाट आप्mनो सक्रियता पश्चिम एसीयामा बढाएकोे छ । तर इरानका सामरिक जानकार वारेल आवादले यु.टु र आई.टु.लाई फरक ढङ्गले व्याख्या गरेको देखिन्छ । उनको भनाई अनुसार अमेरिकाले यो शिखर सम्मेलनको माध्यमवाट इरानलाई खाडी मुलुकहरूवाट एक्ल्याउने र इजरायलको भूमिकालाई पश्चिम एसियामा सक्रिय बनाउ‘ने अमेरिकी नीति रहेको छ । साथ-साथै विगतका दिनहरूमा चीन पनि पश्चिम एसिया र मध्य एसियामा आप्mनो सक्रियतालाई बढाएको छ । अमेरिकी विरोधका बावजुत पनि इजरायल र यु.ए.ईमा चीनले बन्दरगाह निर्माण गरेको घटना यसको पुष्टि गर्दछ । इरान, रसिया, ट्रकी र चीनको गठवन्धन बढिरहेको अवस्था छ ।
अमेरिकालाई इरानको यो गठवन्धन मञ्जुर छैन । यस अर्थमा हिन्दमहासगरीय क्षेत्रमा क्वार्ड र पश्चिम एसियामा आई.टु र यु.टु.को माध्यमवाट चीनिया प्रभावलाई मत्थर गर्न अमेरिकी नीति परिचालीत रहेको छ । अर्का तर्पm भारतको इरान र रसियासंग मैत्री कायम नै रहेको छ । इरानको चावहार वन्दरगाह निर्माण गर्न भारत प्रचुर मात्रामा धनजन परिचालीत गरेको छ । चावाहर वन्दरगाहको माध्यमवाट सेन्ट्रल एसिया हु‘दै रसियासंग व्यापार गर्न सहज हुन सक्ने छ । एकातर्फ भारत क्वार्ड, आई.टु.यु.टु, जी टेउन्टी र जी सेभेन सम्मेलनमा पनि सक्रियता बढाएको छ भने अर्को तर्पm क्रिक्स र संघाई सहयोग संगठनमा पनि आप्mनो सक्रियतालाई कम गरेको छैन । यो नै भारतीय परराष्ट्र नीतिको सकारात्मक पक्ष हो ।