श्रावण अर्थात् श्रवणको अर्थ सुन्नु हो । पुराण र उपनिसद्ले श्रावणमा सुन्नु भनेको छ । ज्ञानज्ञुनका कुरा, प्रेरणादायक बहसहरू सुन्नु, विषयहरूबारे बुझ्नु र मनन गर्नुमा श्रावणको पृथक महत्व छ ।
हरेक व्यक्ति समस्यासँग जुध्नुपर्ने अवस्थामा रहिरहन्छ । समस्या नभएको समाज असम्भव छ । अर्कोतर्फ, सुनेर र मनन गरेर समस्याको निक्र्यौल नगरी समाधान निस्कदैन । त्यसैले श्रावण समस्याहरूलाई सुन्ने, बुझ्ने र समाधानको उपाय निकाल्ने अवसरको महिनाका रूपम सदुपयोग गर्न सके समाजको हित हुन्छ । नसुन्ने र आफ्ना कुरा लाद्ने प्रवृत्तिले हाम्रो जस्तो समाज पिरोलिएको छ ।
धर्मविरुद्धको आचरण भनेको यही हो । हाम्रो धर्म संस्कृतिले सान्दर्भिक मूल्य र मान्यताहरू स्थापित गरेको छ । त्यस अनुरूप हामी चलिरहेका छौं कि छैनौं रु प्रश्न तड्कारो छ ।