Logo

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिबारे दोधारमा कांग्रेस नेता



काठमाडौं, साउन २ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन् ।

गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा। शेखर कोइराला पनि पछिल्लो समय कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा धारणा दिन थालेका छन् ।

तर, कांग्रेसका दोस्रो तहका केही नेताहरूले भने स्पष्ट रूपमा गठबन्धनका पक्षमा मुख खोलेका छैनन् । उनीहरू आफू निर्वाचित भएको क्षेत्र अरू दलका उम्मेदवारलाई छाड्न नहुने पक्षमा छन् । कांग्रेसका धेरै जसो नेताहरूलाई गठबन्धन नभए हारिने, गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने डर छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्