Logo

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



गुल्मी, २ साउन । गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् ।

हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो ।

दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्