Logo

सरकारसँग विप्लव असन्तुष्ट, तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा फायर



काठमाडौं, २ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन बुँदे सहमति कार्यान्वयनको आवाज उठाएका छन् । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार उदासिन बनेको भन्दै उनले यसको लागि इमानदारिता देखाउन आग्रह गरेका हुन् ।

आज (सोमबार) आफ्नो पार्टीनिकट अनलाइन जनपत्रिका डटकमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेपनि दर्जनौं कार्यकर्ता जेलमा रहेको भन्दै उनीहरुको रिहाईको माग गरे ।

पार्टीले चलाएको प्रतिरोधको संघर्षको क्रममा कयौं नेताहरु जेल परेका र उनीहरुलाई छोडिएपनि अझै धेरै युवाहरूलाई नछाडिएको उनको गुनासो छ । उनले भने,‘यो एउटा षड्यन्त्र हो । जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ file photo

 

 

 



प्रतिक्रिया दिनुहोस्