Logo

सिद्धबाबाको शक्तिः चुनावको मुखमा नेताहरु भेट्न थाले



काठमाडौं, ३ साउन । सुनसरीको चतराधामका सिद्धबाबाले शक्ति प्रदर्शन गर्न थालेका छन् । उनलाई भेट्न नेताहरु धमाधम चतरा नै पुग्न थालेका छन् ।

सिद्धबाबाकै पहलमा पशुपतिनाथमा अतिरुद्र महायज्ञ सुरु भएको छ । साउनको सोमबार पारेर सुरु भएको महायज्ञमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रममन्त्री शेरबहादुर कुँवरलगायत शक्तिशाली व्यक्तिहरु पुगेका थिए ।

सिद्धबाबामाथि बलात्कारको मुद्दा विचाराधीन हुँदै गर्दा देशका शक्तिशाली व्यक्तिहरु पुग्नु अर्थपूर्ण छ । मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट चुनाव जितेका हुन् । उक्त क्षेत्रमा सिद्धबाबाको प्रभाव छ ।

सिद्धबाबालाई भेट्न काँग्रेस नेता सुजाता कोइराला पनि पुगिसकेकी छिन् । सुजाता पनि सुनसरीबाट चुनाव लड्ने तयारीमा छिन् । उनले पनि सिद्धबाबाको साथ खोजेकी छिन् ।

पूर्वका कतिपय जिल्लामा प्रभावशाली नेताहरु सिद्धबाबालाई भेट्न पुग्छन् । यसको मुख्य कारण चुनावी समर्थन नै हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्