Logo

घरको छतबाट लडेर घाईते पत्रकार रुपलाल बोहोरालाई सांसद बुढाको नगद सहयोग



काठमाडौं, ४ साउन । सांसद धनबहादुर बुढाले घरको छतबाट लडेर घाईते भएका पत्रकार रुपलाल बोहोरालाई नगद सहयोग गरेका छन् ।

गत शनिबार घरको छतबाट लडेर गम्भिर घाइते पत्रकार बोहोराको हाल काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

बोहोराको उपचारको लागी डोल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्व राज्यमन्त्री बुढाले नगद ५० हजार सहयोग गरेका हुन् ।

उपचार गराइ रहेका बोहोरालाइ उपचारमा सहयोग होस भनेर आफूले नगद ५० हजार सहयोग राशि प्रदान गरेको जनाए ।

घाइते बोहोरा नेपाल पत्रकार महासंघ डोल्पा शाखाका पूर्ब सचिव हुन् ।



प्रतिक्रिया दिनुहोस्