Logo

प्रचण्ड र आरजु देउवा आलोपालो प्रधानमन्त्री बन्ने कुरा मनको लड्ड् घ्युसँग खानुजस्तै हो : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनअघि नै नेपालमा वाम तालमेलको सम्भावना रहेको बताएका छन् । उनले आफ्नो पार्टीले वर्तमान सत्तारुढ गठबन्धन टुटाउनको लागि चाँदीको तरबार चलाउन नपर्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो पार्टीले गठबन्धन फुटाउने फोहोरी खेल नखेल्ने पनि जिकिर गरे । उनले भने,‘अनेक खालका भ्रमको खेती नगर्ने नीति हाम्रो हो । पाँच दलीय गठबन्धन अप्राकृतिक छ । यसले जनताको हितको विपरित काम गरेको छ । यसले शान्ति दिँदैन् । यो कुरा हामी जनताको बीचमा व्यापक रुपमा लैजान्छौं ।’

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नराम्रोसँग फसेको आरोप लगाए । उनले प्रचण्ड र शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा राणा आलोपालो प्रधानमन्त्री बन्ने कुरा मनको लड्डु घ्युसँग खानुजस्तै भएको टिप्पणी गरे । उनले पाँच दलीय गठबन्धनमा भित्रभित्रै धमिरा लागिसकेकोले अब टुट्नमात्रै बाँकी रहेको खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्