काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा सोभित उप्रेती मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले दोलखाका उप्रेतीसहित ५३ जना केन्द्रीय सदस्य बिहीबार मनोनित गरेका हुन् ।
मनोनयन पत्रमा पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिवद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।
आज मनोनित गरेका ५३ जनासँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । राप्रपाको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ ।