Logo

मौद्रिक नीति आज ४ बजे सार्वजनिक हुने



काठमाडौं, साउन ६ । चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।

राष्ट्र बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले  मौद्रिक नीति पारित गरेको छ ।  अब आवश्यक तयारी पुरा गरेर राष्ट्र बैंकले दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ  ।

 राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई हिजो बिहिबार नै मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्