Logo

राप्रपा ‘जनसंघर्ष’मा जाने



काठमाडौं, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षको घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको तीन दिने बैठकले विभिन्न निर्णयहरु गरेकोमा भदौमा उपत्यका केन्द्रित जनसंघर्षको कार्यक्रम पनि रहेको छ ।

साउन महिनाभर राष्ट्रव्यापी विरोध कार्यक्रमहरु गरेपछि भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम संचालन गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

राप्रपाले प्रदेशको खारेजीको माग समेत गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्