Logo

निर्वाचनअघि नै समाजवादी मोर्चा बन्ने वर्षमान पुनको खुलासा



काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले आगामी संघीय संसद्को निर्वाचनअघि नै समाजवादी मोर्चा बन्ने दाबी गरेका छन् । उनले संसद्को निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुनेपनि बताएका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई र वामदेव गौतमको राष्ट्रिय एकता अभियानबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको दाबी गरे ।

उनले आगामी निर्वाचनमा अब बन्ने समाजवादी केन्द्रले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने पनि स्पष्ट पारे । पुनले नेपाली कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुनसक्ने बताए । अहिले समाजवादी मोर्चा बनेपछि चुनावअघि पार्टी एकता भने नहुने उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्