काठमाडौं, ८ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञको परीक्षामा ६८ प्रतिशत ५७ प्रतिशत मात्र परीक्षार्थीहरु उत्तिर्ण भएका छन् ।
काउन्सिलको अनुसार ४ सय ७४ जना सहभागी मध्ये ३२५ जना परीक्षार्थी उत्तिर्ण भएका हुन् । १४९ जना परीक्षार्थी चिकित्सक अनुत्तिर्ण भएका छन् ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान सुचना तथा संचार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।