काठमाडौं, ८ साउन । शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक ६१ दशमलव ५ अंकले बढेर २०७५ दशमलव ५१ विन्दुमा पुगेको हो ।
त्यस्तै, सेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ९ प्रतिशतले बढेर ३९८ दशमलव ३३ विन्दु कायम भएको हो ।
नेप्सेको अनुसार आइतबार २१९ कम्पनीको २ अर्ब ७३ करोड ९२ लाख ७ हजार २९७ रुपैयाँ बराबरको ६४ लाख २३ हजार १४६ कित्ता शेयर खरिद बिक्रि भएको हो ।