Logo

भक्तपुरको सल्लाघारी क्षेत्रको रुखहरु काटिने



काठमाडौं, साउन ९ । भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरु काटिने भएका छन्। सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु काटिने भएका हुन्।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको थियो।

घटनामा परी मिनीबसमा सवारमध्ये जिल्लाको चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएको थियो ।

त्यस्ता घटनाहरु दोहरिन नदिन प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमति अनुसार पुराना रुखहरु काटिने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्