Logo

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा



काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् ।

चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव छ । चुनावमा कस्को स्थिति के हुन्छ भन्नेबारे रिपोर्टहरु पनि देउवासम्म पुगिसकेको छ ।

सत्ता गठबन्धनकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल चुनाव सार्ने पक्षमा छन् । उनीहरु फागुनको अन्ततिर चुनाव गर्ने पक्षमा छन् ।

विगतमा स्थानीय चुनाव पनि प्रतिनिधि सभा र प्रदेशसभासहित एकैपटक फागुनमा गर्नुपर्नेमा माधव नेपालको जोड थियो । प्रचण्डले पनि यस्तै आशयले बोलेका थिए । तर, देउवा अगाडि बढेका थिए । यसपटक पनि देउवा चुनाव पछि धकेल्नेतर्फ नलाग्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्