काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले पक्राउ पुर्जी जारी गर्दै ३५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।