Logo

दलको विकल्प अर्को दल हो, अन्य विकल्पको खोजी घातक हुन्छ : कमल थापा



काठमाडौं, १६ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलको विकल्प अर्को दल नै हो भन्ने जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । उनले प्रजातन्त्रको विकल्प पनि अझै सुदृढ प्रजातन्त्र रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले दलको विकल्प र प्रजातन्त्रको विकल्पको कुरा दल र अझै सु्दृढ प्रजातन्त्रबाहेक अरु खोज्नु घातक हुने पनि उल्लेख गरेका छन् ।

थापाले लेखेका छन्–”प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ।एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ।दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ।जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ।संरचनामा सुधार गर्नुपर्छ।प्रजातन्त्रको विकल्प अझै सुदृढ प्रजातन्त्र हो। अन्य विकल्पको खोजी घातक हुन्छ।”



प्रतिक्रिया दिनुहोस्