काठमाडौं, साउन १७ । विश्वकै तिब्र गतिमा बजार विस्तार गरिरहेको इलेक्ट्रीक ब्राण्ड बीवाइडीले ६० हजार यूनिट सील सेडानको बुकिङ पाएसँगै यही अगष्ट महिनाबाट डिलिभरी सुरु गर्ने भएको छ । कम्पनीले यसलाई गत मे महिनामा बुकिङ खुल्ला गरेको थियो ।
बीवाइडीले चीनबाट विक्री सुरु गर्न लागेको सील सेडानको सुरुवाती भेरियन्टको मूल्य ३२ हजार ९५८ डलरदेखि टप भेरियन्टको ४२ हजार ५२५ अमेरिकी डलर तोकिएको छ ।
कम्पनीले सील सेडानलाई दुई ब्याट्री अप्सनमा बजारमा ल्याएको छ । स्टायडर्ड मोडलमा ६१।४ किलोवाट आवरको बीवाइडी ब्लेड ब्याट्री उपलब्ध रहेको छ भने लङ रेन्ज सील मोडलमा ८२।५ किलोवाट आवरको ब्लेड नै ब्याट्री उपलब्ध रहेको छ । सेल्स टु बडी ९सीटीबी० टेक्नोलोजी प्रयोग भएको ब्याट्री पहिलो पटक यसमा प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
स्टायडर्ड भेरियन्टमा १५० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ इलेक्ट्रीक मोटर दिइएको छ । तर, लङ रेन्ज मोडलको अल ह्वील ड्राइभ भर्सनमा अगाडि २३० र पछाडि १६० किलोवाट क्षमताको मोटर जडान भएको छ ।
स्टायडर्ड भेरियन्टले एक पटकको फुल चार्जमा ५५० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । लङ रेन्जको सिंगल मोटर भएको भर्सनले ७०० किलोमिटर र अल ह्वील ड्राइभ सिस्टम भएको भर्सनले ६५० किमि रेन्ज दिने कम्पनीले जनाएको छ । सबै रेन्ज सिएलटीसीले प्रमाणित गरेको हो ।