काठमाडौं, साउन १७ । कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिइर धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले आइतबार मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा तोडफोड गरेका थिए ।
साम्पाङले आज इलाका प्रहरी कार्यालय धरान पुगेर जाहेरी दर्ता गराएका छन् । मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएका हुन् ।