Logo

लोसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री देउवाको तयारी, मन्त्रीमा भण्डारी र झाको सम्भावना



काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । आगामी संघीय संसदको निर्वाचनको मिति घोषणा हुनुपुर्व नै प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।

यसको लागि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल पनि गरिसकेको स्रोतको दाबी छ । चुनावको मिति आज÷भोलि नै घोषणा हुँदैछ । त्योभन्दा अघि नै लोसपाबाट दुई जनालाई सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।

निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लाग्ने भएकोले देउवाले त्यो भन्दा अघि नै मन्त्रिपरिषद्मा लोसपालाई सहभागी गराउन चाहेका छन् । लोसपालाई सरकारमा सहभागी गराउनेबारे उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग पनि सहमति लिईसकेका छन् । लोसपानिकट स्रोतले दिएको जानकारीअनुसार लोसपाबाट शरदसिंह भण्डारी र अनिल झा मन्त्री बन्ने पक्का भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्