Logo

सप्तकोशीको बाँध फुट्यो, हजारौँ घरपरिवार उच्च जोखिममा



उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो ।

उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको बताइएको छ । अहिले जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका – ५ डुबानमा परेका छन्। नदीको बाँध फुटेर गाउँ पसेको छ ।



प्रतिक्रिया दिनुहोस्