Logo

प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान



काठमाडौँ,१८ साउन । पौवादुङमाका एक समाजसेवीले प्रहरी चौकी निर्माणका लागि तीन रोपनी जग्गा दान गरेका छन् । जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय खड्गराज शाक्यले रु २९ लाख बराबरको तीन रोपनी जग्गा दान गरेको हो ।

जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले बताए । उनले भने, “जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो । चौकीको नाममा जग्गा प्राप्त भएको छ । अब भवन निर्माणका लागि पहल थाल्छौँ ।”

गाउँपालिकाको पहलमा चौकीको नाममा जग्गा प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरेको भए पनि आफ्नो नाममा जग्गा नहुँदा भवन निर्माणमा समस्या भएको थियो । अब जग्गा प्राप्त भएकाले भवन निर्माणका लागि गाउँपालिकाले पहल गर्ने राईले बताए ।

अध्यक्ष राईले स्थानीयवासीले यसअघि पनि मिराराई बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला र स्वास्थ्य चौकीलगायत संरचना निर्माणका लागि निःशुल्क जग्गा दिएको बताए । गाउँपालिकाको सुरक्षामा सहजता होस् भन्ने उद्देश्यले प्रहरीलाई जग्गा दिएको जग्गादाता शाक्यले बताए । रासस



प्रतिक्रिया दिनुहोस्