काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणको लागि जापान प्रस्थान गरेका छन् । दाहाललाई विमानस्थलमा विदाई गर्न पार्टीका शीर्ष नेताहरुको लर्को लागेको थियो ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठदेखि विद्यार्थी नेताहरुसम्मको ताँती लागेको थियो । जापानमा रहँदा दाहाल विभिन्न कार्यक्रममा सहभागी हुने जनाईएको छ । सो क्रममा उनले जापानको सत्तासिन दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाईएको छ ।
दाहालको सचिवालयले उनको भ्रमणबारे प्रकाश पार्दै उक्त भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्ने विश्वास लिएको छ । यस्तै, नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा पनि दाहालको सचिवालय विश्वस्त छ ।
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७९ साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा रहनुहुने भएको छ।
नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा उहाँ जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमा आज राति नै उहाँ जापानको लागि प्रस्थान गर्नुहुनेछ भने भोलि August 6 मा जापानको Fukuoka मा आयोजना हुने Nepal Festival Ceremony को समुदघाटन गर्नुहुनेछ।
August 6 मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुन्छ। August 7 मा अध्यक्ष कमरेड प्रचण्डले हिरोसिमा भ्रमण गर्नुहुनेछ भने सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा Tokyo मा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार ” विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नुहुनेछ।
जापानमा रहदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।
अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा हामी विश्वस्त छौं।
भ्रमण सफलताको शुभेच्छाको लागि सबैमा हार्दिक धन्यवाद !