काठमाडौं, साउन २२ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन्।
प्रचण्डले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेको सचिवालयले जनाएको छ। पाँच दिने जापान भ्रमणको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यही शुक्रबार जापान प्रस्थान गरेका थिए।
फोटो स्रोतः प्रचण्डको फेसबुकबाट