Logo

बाबुरामसँग डम्बरको अन्तिम फोनसम्वादमा बाबुरामले कुनै उत्तर दिएनन्, हाँसेमात्रै



काठमाडौं, २२ साउन । डा. बाबुराम भट्टराईसँग लामो सहकार्य गरेका युवा नेता डम्बर खतिवडाले भट्टराईलाई नयाँ पार्टी गठनमा भने साथ दिएनन् । उनले बाबुराम अहिले महाद्धिविधामा रहेको पनि टिप्पणी गरेका छन् । खतिवडाले आफूले बाबुरामसँग ८ वर्ष सहकार्य गरेको पनि स्मरण गराएका छन् ।

उनले पछिल्लो पटक बाबुरामसँगको फोन सम्वाद सुनाउँदै भनेका छन–‘कदाचित मनमा चौथो बाटो हिड्न उचित हो भन्ने भावना आयो भने साँस्कृतिक क्रान्तिको असफलतापछि माओले श्रमशिविरमा बसेका देङ सियाओ पिङलाई संझेजस्तो हामीलाई संझिनु होला । फोनमै गज्जबले हाँस्नु भो तर कुनै उत्तर दिनु भएन।’

उनले भनेका छन्–

आफुले करिब ८ बर्ष सहकार्य गरेकाे समुहले नेपाल समाजवादी पार्टी गठन गरिरहेकाे सन्दर्भमा आफ्नोे राजनीतिक बुझाई र अडान प्रष्ट पार्नु सायद मेराे अधिकार र कर्तव्य दुबै हाे।मेराे अनुभव र बुझाईमा याे समूह र विशेषतः यसका मुल नेता डा.बाबुराम भट्टराई अहिले चाैरास्ता, चार मनस्थितिमा हुनुहुन्छ । यसलाई एकप्रकारकाे महा दुबिधा ( द ग्रेट डिलेमा) भन्न सकिन्छ। यसका सामु निम्न ४ बाटाहरु छन ।

१. नेकपा ( मसाल) नेता माेहनविक्रम सिंहकाे प्युठान र चित्रबहादुरकाे बागलुङमा जस्तै गाेर्खा र सर्लाहीमा सीमित प्रभाव भएकाे एउटा सानाे दलका रुपमा खुम्चिनु।
२. कथित समाजवादी केन्द्रकाे नाममा कुनै कम्युनिस्ट समूह वा कम्युनिस्ट समुहहरुकाे एकतामा सामेल भई विलयन हुनु।
३. डा. भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानू र समूह नै तितरबितर हुनु।
४.बृहत् अर्थमा बैकल्पिक राजनीतिकाे पुनर्गठनका लागि एक घटकका रुपमा याेगदान गर्नु। याे समुहले एक्लै अब बैकल्पिक राजनीतिकाे पुनर्गठन र नेतृत्व गर्न सक्दैन तर चाहेमा नयाँ र बृहत परिप्रेक्ष्यमा याेगदान गर्ने घटक भने हुन सक्छ ।
यी ४ मध्ये कुन बाटाेमा जान्छ भन्ने प्रष्ट नहुन्जेलसम्म यसैकाे पार्टी सदस्य भएर बस्छु। यसकाे अनुमानित अबधि मंसिर मसान्तसम्म हाे ।नेतृत्वमा किन बसिन भने अहिलेकाे माेडेलकाे पुनर्गठनमा मेराे सहमति थिएन र त्यसकाे नैतिक बाेझ उठाउने सामर्थ्य मसंग रहेन । नेतृत्वमा बस्दा अहिलेकाे माेडेलमा मेराे पनि समर्थन छ भन्ने बुझिन्थ्याे।
यस प्रक्रियामा डा.भट्टराईसंग भएकाे मेराे अन्तिम फाेन संवादकाे एकटुक्रा जस्ताकाे त्यस्तै ।
कदाचित मनमा चाैथाे बाटाे हिड्न उचित हाे भन्ने भावना आयाे भने साँस्कृतिक क्रान्तिकाे असफलतापछि माओले श्रमशिविरमा बसेका देङ सियाओ पिङलाई संझेजस्ताे हामीलाई संझिनु हाेला । फाेनमै गज्जबले हाँस्नु भाे तर कुनै उत्तर दिनु भएन।



प्रतिक्रिया दिनुहोस्