Logo

राजनीतिमा रवि लामिछानेको स्ट्रेन्थ पुग्दैन् : सुरेन्द्र केसी (भिडिओसहित)



काठमाडौं, २२ साउन । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राजनीतिमा स्ट्रेन्थ नपुग्ने बताएका छन् । उनले भने,‘राजनीतिमा रवि लामिछानेको स्ट्रेन्थ पुग्दैन् । कि त एक्स्ट्राअर्डिनर्ली ब्रिलियन्ट हुनुपर्छ । जुन चाहीँ केजरीवाललले दिल्लीमा गरेको देखियो । कम्पिरियटिप्ली केही गरेको देखियो । उहाँ अलिकति, उहाँ आईएस अफिसर पनि हो । उहाँमा कार्यशैली पनि देखियो । जस्तो नरेन्द्र मोदीको पनि कुरा त्यही छ । मोदी भन्दा पनि सिनियर नेता छन् नि । तर, सबैलाई उछिनेर उहाँ नेतृत्वमा आउनुभएको छ। कि यो खालको नेतृत्व हुनुपर्यो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरुले एकैचोटी प्रधानमन्त्री बन्न खोज्नु गलत हुने बताए । उनले राजनीतिमा आलोचना पचाउन सक्ने नै सच्चा नेता हुने पनि बताए । र, त्यसले उसको व्यक्तित्वमा फाईदा पुग्ने उनको भनाई छ ।  केसीले पनि यसपटकको निर्वाचनमा चुनाव लड्नको लागि आफूमाथि ठूलो प्रेसर रहेको सुनाए । उनले आफूहरु हाउसमा पुगे केही आमूल परिवर्तन हुन्छ कि भन्ने जनतामा चाहना रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्