काठमाडौं, २३ साउन ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड कसरी गर्ने भन्नेबारे नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।सभापति शेरबहादुर देउवाले सो विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका थिए ।
अहिले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । आजै गठबन्धनले चुनावबारे बनाएको कार्यदलको बैठकसमेत बस्ने भएको छ । सो बैठकमा पनि चुनावी तालमेलको मोडालिटी तयार पारिने बुझिएको छ । file photo