Logo

गठबन्धनमा आफ्नो पार्टीलाई कहाँको १२ सिटले हुन्छ भन्दै जंगिए सोमप्रसाद पाण्डे (भिडिओसहित)



काठमाडौं, २६ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले आफूहरुले रहरले गठबन्धन नगरेको दाबी गरेका छन् । उनले संविधान र मुलुक बचाउनको लागि आफूहरुले एमालेबाट विद्रोह गरेको र गठबन्धन बनाएको स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पाँच दलीय गठबन्धनमा आगामी निर्वाचनमा सिट बाँडफाँडको बारेमा छलफल भैरहेको सुनाए । पत्रकार धमलाले आगामी निर्वाचनमा तपाईँको पार्टीले कति सिट मागेको छ ? १२ सिट हो ? भनेर सोधेको प्रश्नमा पाण्डेले आक्रोशित हुँदै भने–‘कहाँको १२ सिटले हुन्छ ?’ उनले अहिले पनि आफूहरु प्रत्यक्षमा जितेका सांसद १३ जना रहेको सुनाए ।

उनले अहिले पार्टीभित्र उम्मेद्धवार हुनेहरुको कुरा गर्दा न्यूनतम ३७ सिट आवश्यक रहेको सुनाए । उनले भने,‘तपाईले भनेजस्तो १२, १३ सिट होईन, गठबन्धनमा हामीले सम्माजनक भाग पाउँछौं । खोज्ने होईन, पाउँछौं ।’ उनले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एउटा महानगर र एक उपमहानगरमा जित हाँसिल गरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्