Logo

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक युवक घाइते



काठमाडौं, साउन ३० । रुपन्देहीमा आईतबार मध्यरातमा गोली चलेको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सवार गुरुङमाथि ओमसतिया(४ बसन्तपुरमा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले हिजो राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।

गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्