काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत चलेको छ ।
नेकपा एसले माओवादीसँग एकता गर्ने गरी एकता संयोजन समिति पनि बनाउने भएको छ । नेकपा एसको सचिवालय बैठकले एकता संयोजन समिति बनाउनेबारे छलफल चलाइसकेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले नेकपा एससँग एकता प्रक्रिया बढेको खुलासा गरिसकेका छन् । सम्भवतः चुनावमा उम्मेदवार मनोनयन अगाडि नै एक भएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने तयारी भएको छ ।
यसअघि डा. बाबुराम भट्टराईले माओवादीसँग एउटै चुनाव चिन्हमा चुनाव लड्न तयार भएर समझदारी गरिसकेका छन् । तर, चुनाव चिन्हको टुंगो लागेको छैन ।