Logo

कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका रावलद्धारा बर्दिया-२ बाट उम्मेद्धवारी दिने घोषणा



काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रावलले बर्दिया २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले नेपालमा राजनीतिक उथलपुथललाई आफूले नजिकबाट नियाँलेको र यो अवधिमा राजनीतिक परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तनको महशुस नभएको गुनासो गरेका छन् ।

उनले लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरुको मात्र पेवाजस्तै रहेको टिप्पणी गरेका छन् । उनले राजनीतिक परिवर्तन हुँदा केहीको जीवन पद्धती परिवर्तन भभएको तर भुईँमान्छेहरुका भावनाको कहिल्यै कदर नभएको पनि गुनासो पोखेका छन् ।

उनले आफूले अब भुँई मान्छेका आवाज सदनमा बुलन्द बनाउने र त्यसको लागि बर्दिया २ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-

उम्मेदवारि घाेषणा
===========
विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडी बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन ! लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरूकाे मात्र पेवा जस्तै रह्ययाे ।
केही काे जिवन पद्वति परिवर्तन भयाे र भुईमान्छे हरूका भावनाहरूकाे कहिल्यै कदर भएन्न ! अब भुई मान्छेका आवाजहरूलाई सदमान बुलन्द गर्न मैले बर्दिया जिल्लाकाे क्षेत्र नं.२ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट प्रतिनिधि सभा सदस्यकाे लागि आज उम्मेदवारि घाेषणा गर्दछु ।
बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya ) का लागि म अनवरत रूपमा लागरहने प्रतिवद्वता ब्याक्त गर्दछु । यहाँ सम्म यहाँहरूले गरेकाे माया, सद्भाव, आत्मियता अवस्मरणिय छ र आगामि दिनहरूमा यहाँहरू सम्पुर्णकाे साथ सहयाेगकाे लागि हार्दिक-हार्दिक अनुराेध गर्दछु । जय राष्ट्रबाद !”



प्रतिक्रिया दिनुहोस्