Logo

यी हुन प्रतिनिधिसभामा दाबी गर्ने दोलखाका कांग्रेसका नेताहरु, कसले मार्ला बाजी



दोलखा, ४ भदौ । चुनावको मिति घोषणा भएसगै जिल्लामा चुनावी चहलपहल बढेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट नेताहरुले चुनावको लागि धमाधम उम्मेद्धवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी र कुन्दनराज काफ्ले, जिल्ला सभापति बर्मा लामा, निवर्तमान सभापति रुद्रबहादुर खड्का र पुर्व सभापति ताराबहादुर कोइरालाले दोलखामा प्रतिनिधि सभामा दाबी गरेका छन ।

नेविसंघका पुर्वमहामन्त्री काफ्ले युवाहरुमाझ लोकप्रिय छन । काफ्लेले तत्कालिन राजा ज्ञानेन्द्र शाहविरुद्घ लोकतन्त्र की राजतन्त्र व्यवस्था रोज्न भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमूना जनमतसंग्रह गराएर देशव्यापी चर्चामा आएका थिए । पार्टीको १४औं महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका काफ्ले कांग्रेसका कान्छा केन्द्रिय सदस्य हुन ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पमा काफ्लेले दोलखाका गाउँगाउँमा जस्तापाता, त्रिपाललगायत खाद्य सामाग्रीहरु वितरण गरेका थिए । प्रतिगमन विरोधी आन्दोलनको क्रममा चरम यातना पाएर राजद्रोहको मुद्दा खेप्दै सबैभन्दा बढी जेलनेल भोग्ने पात्र काफ्ले नै हुन् । नेविसंघमा रहँदा काफ्लेले राजतन्त्रको सान्र्दभिकता विषयमा बहस चलाएका थिए । गणतन्त्रको प्रस्ताव पास गर्न पार्टीलाई नैतिक दबाब दिने श्रेय काफ्लेलाई नै जान्छ । भर्खरै सम्पन्न स्थानीय निवार्चनमा काफ्लेले गठबन्धनका उम्मेदवारलाइ २ हजार मतान्तरले विजयी गराएका थिए ।

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पत्रकारिताबाट पार्टीको राजनीतिमा आएका हुन् । १४औं महाधिवेशनमा राम्रो मत ल्याएर उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । नेता शिवाकोटीलाई सभापति शेरबहादुर देउवादेखि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि रुचाएका छन् ।

जिल्ला अधिवेशनमा उत्कृष्ट मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित सिवाकोटी जिल्लामा पार्टीको आशालाग्दो नेताका रुपमा परिचित छ्न । जिल्लाको राजनीतिमा कुनै गुट तथा उपगुटभन्दा पनि सबैको साझा नेताको रुपमा उनले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्दै आएका छन् । नेता सिवाकोटी कुनै विवादमा समेत नमुछिएका कारण सबैले रुचाएका छन । आफ्नो वडामा अध्यक्ष र नगरपालिकामा मेयर जिताउन मात्र नभई छिमेकी पालिकाको गठबन्धनलाई जिताउन पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका सिवाकोटी गठबन्धन दलमा पनि भिज्न सक्ने नेताको रुपमा चिनिन्छन् ।

वर्मा लामा ०७४ सालको स्थानीय निर्वाचनमा गठबन्धनबाट मेलुङ गाउँपालिकाको अध्यक्षमा पराजित भएका कांग्रेस दोलखाका सभापति लामा प्रतिनिधि तथा प्रदेश निर्वाचनमा प्रदेश सभा (क) बाट चुनाव लडेका थिए । सो निर्वाचनमा लामाले नेकपा (माओवादी केन्द्र) का विशाल खड्कासँग लज्जास्पद हार व्यहोरेका थिए । पार्टीभित्र र विपक्षसँग लड्नसक्ने खरो स्वभाव भएका लामाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा लोकप्रिय भन्दा आफुनिकट मान्छेलाइ टिकट दिएका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्धवारले चुनाव हारेपछि उनी पार्टीभित्र आलोचित बनेका छन् ।

लामामाथि गएको स्थानिय निर्वाचनमा एमालेलाई सहयोग गरेको समेत आरोप छ । लामाको गाउँपालिकामा कांग्रेसले एउटा वडामात्र जितेको छ । रुद्र बहादुर खड्का निर्वतमान सभापति हुन् । उनी शालिन स्वभावका नेताको रुपमा परिचित छन् । आफ्नो कार्यकालमा पार्टीलाई घाटा हुने काम नगरेपनि उनले पार्टी गतिविधि भने राम्रोसँग नचलाएको उनीमाथि पनि आरोप छ ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ३० हजारको मतान्तरले लज्जास्पद हार ब्यहोरका खड्का आफ्नो कार्यकालमा खासै काम गर्न नसकेबापत गएको कांग्रेस अधिवेशनमा सभापतिमा लडेर तेस्रो भएका थिए । ताराबहादुर कोइराला खरो स्वभावका नेताका रुपमा परिचित छन् । कोइराला कांग्रेस दोलखाका पुर्व पार्टी सभापति हुन ।

२०५१, २०५६ र २०७० सालमा प्रतिनिभिसभा सदस्यमा दोलखामा चुनाव लडेका कोइराला तीनैपटक अत्यधिक मतान्तरले चुनाव हारेका थिए । रुखो बोली, कार्यकर्ताको काम गर्न खासै मन नगर्ने कारण उनलाइ कार्यकर्ताले त्यति रुचाएका छैनन् । जिल्लामा धेरैपटक कार्यकर्ताले टेस्ट गरिसकेका कारण र राजनितिमा खासै क्रियाशिल नरहेका कारण प्रतिनिधिसभामा उनको दाबीलाई कार्यकर्ताले गम्भीर रुपमा लिएका छैनन् । गएको स्थानिय निर्वाचनमा एमालेलाइ सहयोग गरेको आरोप लागेका कोइरालाको आफ््नो वडा ४ सय र गाउँपालिका २ हजार मतले नेकपा एमालेले जितको थियो ।



प्रतिक्रिया दिनुहोस्