Logo

गिरिको निधनबाट मर्माहत भएको छु: ओली



काठमाडौं, भदौ ५ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन्।

ओलीले  सामाजिक सन्जालमा लेखेका छन्,’चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।



प्रतिक्रिया दिनुहोस्