Logo

महालक्ष्मी बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक



काठमाडौं, भदौ ६ । महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ।

बैंकले भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरूप निःशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथ साथै लकर सेवामा ५० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ।

बैंकले नारीहरूको बैंकिङ आवश्यकता, चाहना र अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्