काठमाडौं, ७ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । संघ र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित कार्यदलले जिम्मेवारी पुरा गर्न नसकेपछि बैठक पुनः बस्न लागेको जनाइएको छ ।
बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको छ ।
सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले ठोस प्रस्ताव तयार पार्न सकेको छैन् ।