Logo

‘जीवनमा ठगी नगरेको हामीमाथि नखाएको विष लाग्यो’



अमृता गिरीः रिपोर्टर्स नेपाल डट कममा हाम्रो प्रतिष्ठामा आँच पुग्ने गरी ६ भाद्र २०७९ मा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख गरे अनुसार हाम्रो छोरी दिपाली गिरीले सुमन कुँवरलाई कुनै किसिमको ठगी गरेको छैन । ठगी गरेको कुनै प्रमाण भए हामी जुनसुकै सजाय भोग्न तयार छौं ।

हाम्री छोरी दिपाली गिरी बेलायत जाँदा सुमन कुँवर डिपेन्डेन्ट भीसामा जाने गरी आन्तरिक सहमति भएको हो । सहमति अनुसार हामीले आधा र सुमनले आधा पैसा खर्च गर्ने थियो । जाँदा खर्च भएको रकममा सुमनले पनि खर्च गरेको साँचो हो । त्यसपछि विश्वविद्यालयमा भर्न हुने क्रममा सुमनले आधा रकम जुटाउन सकेनन् । सहमति अनुसार उनले रकम जुटाउन नसकेपछि उनी यसअघि खर्च गरेको रकम पनि माग्न थाले । उनी पन्छन थाले । दुबई जान्छु भन्न थाले । उनी गलत व्यक्तिहरुको चंगुमा परे । त्यसपछि हामी पनि सचेत भयौं । उनले खर्च गरेको रकम दिने तयारीमा पनि थियौं । तर, उनी हामीलाई धम्क्याउने गतिविधिमा सक्रिय भए ।

हामीले सुमनलाई आफ्नै छोरा जस्तो व्यवहार गरेका थियौं । सम्बन्ध सुमधुर नै थियो । तर, हामी समस्यामा पर्दा उल्टै उनले विभिन्न व्यक्तिहरुमार्फत् दबाब दिने र थर्काउने गतिविधि गर्न थाले । उनको गतिविधिप्रति हामी सतर्क भयौं । समस्यामा हामी परेपछि उनी पन्छदै गए ।

हामीले मंसिरको मिति राखेर चेक दिने तयारी पनि गरेका थियौं । उनी भने पैसा तत्काल चाहियो भनी धम्क्याउन थाले । हामीबीच केही सहमति बाँकी नै थियो । उनी भने सम्पर्कमा आउन चाहेनन् । हामीले जीवनमा कहिले कसैमाथि ठगी गरेका छैनौं र गर्ने पनि छैनौं । यो शब्दप्रति हाम्रो गम्भीर आपत्ती छ । ठगी जस्तो गम्भीर शब्द हामीमाथि किन प्रयोग गरियो ? पैसाले इज्जत नआउन सक्छ भन्नेमा हामी सचेत छौं । हाम्रा लागि पैसा भन्दा बढी इज्जत हो । हाम्रो मानहानी भएको छ । जसलाई हामीले सहयोग गर्न खोज्यौं उसैले दुःख दिइरहेको छ । हाम्रो समाचारप्रति गम्भीर आपत्ती छ ।



प्रतिक्रिया दिनुहोस्