काठमाडौं, ७ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकमा अब बस्ने पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनको विषयमा छलफल भएको जनाईएको छ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्नेछ । आजको बैठकले पार्टीको वार्षिक प्रतिवेदन पारित गरेको प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/1134763377467136
केन्द्रीय सल्लाहकार परिषदमा कुलबहादुर शाक्य, देवी नेपाली र नवराज पौडेल मनोनित भएका छन् । बैठकमा प्रदेश ईन्चार्जहरुले पार्टीको शक्ति सन्तुलन र संगठनात्मक स्थितिबारे ब्रिफिङ गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम