विराटनगर, भदौ ८। मंगलबार साँझ भएको ग्याङ फाइटमा विराटनगरमा १० जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका(१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।