Logo

धौलागिरीको आईपिओ बाँडफाँडः १२८६ जनाको आवेदन रद्द, १८ लाख ६४ हजार आवेदकको हात खाली



काठमाडौं, भदौ ८ । आज धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यी मध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।



प्रतिक्रिया दिनुहोस्