काठमाडौं, ८ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकता विद्येयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्व सैनिक अधिकारीसँग परामर्श गरेको खबर साँचो भए त्यो नेपालको संविधान अनुकुल नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।उनले लेखेका छन्–‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर सॅाचो होभने त्यो नेपालको संविधान अनुकूल भएन।नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन।चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन!”
राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको समाचार बाहिरिएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् । उनले नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार नदिएको पनि उल्लेख गरेका छन् । उनले थप भनेका छन–‘चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् भएन !”