Logo

चुनाव अगाडी नै लघुबीमाको लाइसेन्स बाँड्ने बाटो खुला, कसको चाहानामा?



काठमाडौं, भदौ, १० । सरकारले चुनावको मुखमा लघुबीमाको लाइसेन्स बाँड्ने पक्का भएको छ। बीमा समितिले आज एक बिज्ञप्ती मार्फत लघुबीमाको लाइसेन्सको लागि आबेदन खुला गरेसँगै चुनाव अगाडी नै देउवा सरकारलाई लाइसेन्स बाँड्ने बाटो खुलेको हो।

बीमा समितिले लघु बीमा कम्पनीको लाईसेन्स बितरण गर्नको लागि प्रस्ताव आह्वान गरेको हो। समितिले आज एक सूचना जारी गर्दै ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न लाईसेन्स दिने जनाएको हो ।

यस अघि आवेदन दिएकाहरुको आवेदन भने बीमा समितिले रद्द गरेको छ । उनीहरुले चाहेमा फेरी आवेदन दिन सक्ने समितिले जनाएको छ । समितिले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवेदन दिई सक्न आग्रह गरेको छ । चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने छ ।

प्रस्तावित कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहन पाउने छैन । प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा वै प्रस्ताव गर्न सक्ने छन्।

प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानी कर्ताको रूपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्व समेत खुल्ने विवरण उल्लेख गर्नुपर्नेछ। प्रस्तावित संस्थापकहरूले एक किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइनेछैन ।



प्रतिक्रिया दिनुहोस्