Logo

माधव नेपालको चेतावनी : कांग्रेसले १०० सिटको गीत गाउन थाल्यो भने कसरी मिल्नु ? (भिडिओसहित)



काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि १०० सिटको गीत गाउन थाल्यो भने कसरी मिल्न सकिन्छ ? भनेर प्रश्न गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कांग्रेसले १०० सिटका १०० सिटका गीत गाउन थाल्यो भने त कसरी मिल्नु ? बताईदिनुहोस त मलाई ।’ पत्रकार धमलाले कांग्रेससँग सिटमा कुरा नमिल्दा अर्को गठबन्धनको जन्म हुन्छ त ? भनेर राखेको अर्को प्रश्नमा उनले भने,‘त्यसपछि के के हुन्छ ? के के ?’ धमलाले त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि तालमेलको लागि कुरा हुन्छ त ? भनेर सोधेका थिए । जवाफमा उनले भने,‘अब यो राजनीतिले कहाँ लगिदिन्छ ? के थाहा ? तर, तपाईँ खाली ओली, ओली, ओली भनेर कति गाउनुहुन्छ तपाईँ ? देशको राजनीतिले र परिस्थितिले कुन ढंगको कोल्टे फेर्ने हो, त्यसपछि कुरा हन्छ ।’

उनले यसअघि पार्टीबाट मन्त्री बनेर फिर्ता गरिएका नेताहरुसँग सम्वादहिनता नभएको दाबी गरे । उनले भने,‘हाम्रो बीचमा सम्वादहिनता छैन् । यति कुरा बुझ्नुहोस ।’ उनले नेतृ रामकुमारी झाँक्रीलाई गुल्मीबाट टिकट दिइने पनि बताए । उनले भने,‘उहाँलाई टिकट किन नदिनु ? मैले नै उहाँलाई गुल्मीबाट चुनाव लड्नुहोस भनेको हुँ ।’



प्रतिक्रिया दिनुहोस्