Logo

प्रधानमन्त्री देउवाले उद्घाटन गरेको अन्तर्राष्ट्रिय सेमिनारमा के के हुँदैछ



काठमाडौं, ११ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको तीन दिने अन्तर्राष्ट्रिय सेमिनारको दोस्रो दिन महत्वपूर्ण रिसर्च पेपरहरु प्रस्तुत भएका छन् । नीति अनुसन्धान प्रतिष्ठान नेपाल आयोजक रहेको सेमिनारमा आज पेपर प्रस्तुतीकरणमा महत्वपूर्ण व्यक्तित्वहरुले सभापतित्व गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा. आरजु देउवाले वातावरणसम्बन्धी सेसनको सभापतित्व गरिन् । डा. राम थपलियाले डेमोक्रेसी र डा. मृगेन्द्र बहादुर कार्कीले नेपाल नयाँ वैश्विक अवस्थाबारेको पेपसरको सेसनमा सभापतित्व गरे । आज विभिन्न १६ वटा पेपरहरु प्रस्तुत भएका छन् ।

नेपाल र भारतका नयाँ पुस्ताका रिसर्चरहरुले रिसर्च पेपरमा बोलेका थिए । भोलि सेमिनाको अन्तिम दिन थप पेपरहरुमा विमर्श हुने भएको आयोजकले जनाएको छ ।

यसअघि १० भाद्रमा प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंको वालुवाटारमा रहेको एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भएको र भदौ ११ गते देखि तिलगंगाको नेपाल भारत मैत्रि पशुपति धर्मशालामा संचालन भइरहेको कार्यक्रम संयोजक विनय मिश्रले बताएका छन् ।

सेमिनारमा नेपाल र भारतका ८० जना अलग अलग क्षेत्रमा काम गरि रहेका र अन्तर्राष्ट्रिय सम्बन्ध र सोही विषय पढेका युवाहरूले अलग अलग विषयमा कार्यपत्र प्रस्तुती गर्ने तय भएको थियो ।

देउवाले नीति अनुसन्धानले गरेको कार्यको प्रशंसा गर्दै आजको दिनमा यस्तो कार्यक्रमले अलग अलग देशका युवाहरूलाई जोडने काम गरेको र यसले छिमेकी देशहरूसँग नेपालको सम्बन्ध सुधारमा अझ सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा दीपककुमार अधिकारीले कार्यक्रमको उदेश्य, तीन दिन सम्म संचालन हुने कार्यक्रमको विस्तृत स्वरूप साथ साथै नेपालले विश्व सँग कस्तो सम्बन्ध राख्ने र नेपालको विदेश नीति कस्तो हुने जस्तै राजनीतिक रूपमा कस्तो हुने, सांस्कृतिक रूपमा कस्तो हुने, आर्थिक रूपमा कस्तो हुने, वातावरण र पर्यावरणको विषयमा कस्तो रहने भन्ने विषयमा गहन चिन्तन र संवाद गर्नु पर्ने आवश्यक रहेको र त्यो विषयहरूमा ४० बर्ष मुनिका युवाहरूको धारणा कस्तो छ भनेर बुझन र सुन्नु आवश्यक रहेकोले सोही योजना अनुसार विशेषगरी नेपाल र भारतमा अलग अलग विषयमा अलग अलग क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्धमा काम गरिरहेका र पढेर पासआउट भएका युवाहरूको विचमा तीन दिने सेमिनार संचालन गर्न गइरहेको प्रष्ट पारेका थिए ।

त्यसैगरी नेपालका लागि अमेरिक कार्यवाहक राजदुत मार्क टेम्परले नेपालको अमेरिकीकाको सम्बन्ध पारस्परिक सुमधुर, साथै नेपलको एक असल मित्रको रूपमा सधैंव प्रो नेपालीको रूपमा सम्बन्ध बनाईरहन चाहेको बताए । अमेरिका सधैं नेपालको आर्थिक समृद्धि चाहेको र त्यसको लागि हातेमालो गरेर अगाडि बढन चाहेको बताए ।

सेमिनारको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्ती शेरबहादुर देउवा , विशिष्ट अतिथि परराष्ट्रमन्त्रि डा नारायण खडका, नेपालका लागि इजरायली राजदुत हनन गोदार , नेपालका लागि अमेरिकीन कार्यवाहक राजदुत मार्क टेम्पर , नीती अनुसान्धान प्रतिष्ठानका निर्देशक डा। दीपक कुमार अधिकारी, कार्यक्रम संयोजक डा विनय मिश्र लगायत, नेपाल सरकारका विभिन्न क्षेत्रमा कार्यरत अधिकारीहरू, प्रहरी प्रमुखहरू, सेनामा अधिकारीगण, विभिन्न सामाजिक संस्थाका प्रमुखहरू र समाजका प्राज्ञिक, विज्ञ र प्रतिष्ठित व्यत्तिहरूको विशेष उपस्थिति रहेको थियोे ।



प्रतिक्रिया दिनुहोस्